Madhes Khabar
राजनीति

खानेपानी मन्त्री यादवको प्रमुख राजनीतिक सल्लाहकारमा बाराका गुप्ता नियुक्त

वीरगन्ज,१० असोजःसंघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख राजनीतिक सल्लाहकार संविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता नियुक्त भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय कार्यकारीणी सदस्यसमेत रहेका गुप्तालाई खानेपानीमन्त्री यादवले आफनो प्रमुख राजनीतिक सल्लाहकारमा बुधबार नियुक्त गरेका हुन् ।बुधबार प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरिएका गुप्तालाई मन्त्री यादवले बिहीबार मन्त्रालयमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।

मन्त्री यादवको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गुप्ता २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट तत्कालीन मधेसी जनअधिकार फोरमको उम्मेदवार बनेर संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का स्थायीबासी गुप्ता अहिले जसपाको केन्द्रिय कार्यकारीणी सदस्य हुन् ।

Related posts

खानेपानी मन्त्री यादवले भने : ढुक्क हुनुस् मधेस सहित समग्र देशको विकास अब जसपाले नै गर्छ

MadhesKhabar

म कानुनमन्त्री भएकै बेला आमाको नामबाट नागरिकता दिने कानुन पास भएको हो : पूर्वमन्त्री चैरसिया

MadhesKhabar

ठाकुरराममा चुनाव स्थगित भएपछि क्याम्पस प्रमुखलाई भाैतिक कारबाही गर्ने धम्की

MadhesKhabar

Leave a Comment