Madhes Khabar
राजनीति

पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारी पनि एमालेबाट सांसदमा सिफारिस

मधेसखबर
वीरगन्ज ,१९ भदौं : नेकपा एमालेले पर्सा क्षेत्र नम्बर ४ बाट समानुपातिक सासंद उम्मेवारमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको नाम सिफारिस गरेकाे छ ।

एमालेको पर्सा निर्वाचन क्षेत्र नम्बर ४ काे क्षेत्रीय समन्वय कमिटीको बैठकले तिवारीकाे नाम समानुपातिक सांसदको उम्मेद्वारमा सिफारिस गरेको हो ।

तिवारीसंगै उक्त क्षेत्रबाट जिल्ला समन्वय समिती पर्साको पूर्व सहसंयोजक ठाकुर न्यौपाने ,मजिद मियां,राजेश लामा र उषा देवी थरूनीको नाम पनि एमालेले सिफारिस गरेकाे छ ।

यसअघि एमालेले निर्वाचन क्षेत्र १ , २, र ३ बाट पत्रकार महेश दास ,श्याम बन्जारा,केसी लामिछाने,लालबाबु शेख र संजीव मिश्रालाई समानुपातिक सांसदकाे उम्मेदवारमा सिफारिस गरिसकेकाे छ।।यसैगरि एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा प्रत्यक्ष तर्फ संविधानसभा सदस्य जयप्रकाश थारु , जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ र खगेन्द्र श्रेष्ठको नाम सिफारिस गरेकाे छ ।

Related posts

मधेस सरकारबाट बाहिरियो माओवादी , मुख्यमन्त्री यादव संकटमा

MadhesKhabar

मधेसमा कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा : पर्साबाट ४० जनाले गरे हस्ताक्षर

MadhesKhabar

वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनको एमालेसंग ६ हजार भन्दा बढिको अग्रता कायमै

MadhesKhabar

Leave a Comment