
जनकपुरधाम,३०बैशाखःमधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।प्रदेश सरकारमा सहभागी माओेवादीका मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
साहलाई मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले उक्त मन्त्रालय सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।
अर्को सत्तारुढ दल नेकपा एमाले पनिआजै अर्थात आइतार नै प्रदेश सरकार छाड्ने तयारीमा छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेसमा सरकार फेरबदल हुन लागेको हो ।
सरकारबाट माओवादी बाहिरिएसंग जसपा नेपाल नेतृत्वको सरकार संकटमा परेको छ।एमाले र माओवादी केन्द्रले सरकार छोडेपछि जसपा नेपालका यादव नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।