Madhes Khabar
राजनीति

जनमत पार्टी सरकारबाट बाहिरिदैन : सिके राउत

काठमाडौं ,१६फागुन : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताए ।

‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस, सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको,’ उनले भने, ‘अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बाहिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ ।’

माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने उनले बताए ।साभार : अनलाइनखबर

Related posts

जसपा पर्साका उपसचिव कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन, रामनरेशकै साथमा छु

MadhesKhabar

मधेसलाई कृषिमा देशकै नमुना प्रदेश बनाउने गरी काम गर्छु : नवनियुक्त कृषिमन्त्री पटेल

MadhesKhabar

बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत

MadhesKhabar

Leave a Comment