Madhes Khabar
राजनीति

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेको चुनाव प्रचार गर्न उपमहासचिव योगेश भट्टराई आउँदै

वीरगन्ज, २१ माघःफागुन २१ को निर्वाचन नजिकिंदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाएको छ । एमालेले आउँदो शनिबार पटेर्वा सुगौली गाउँपालिकास्थित श्री बनसपति गाद्दीमाई मन्दिर परिसरमा बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्न लागेको हो।

उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। भट्टराई एमाले पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेको निर्वाचन प्रचार–प्रसारणलाई सशक्त बनाउन पर्सा आउन लागेको जनाइएको छ।

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि र संगठनका प्रतिनिधिहरूको पनि सहभागिता रहने बताइएको छ

Related posts

शेयर बजारमा भइरहेको आर्थिक अपराधमा मन्त्रीसमेत संलग्न छन् : प्रदीप यादव

MadhesKhabar

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

MadhesKhabar

जसपा नेपालका पूर्व सांसद साह माओवादीमा प्रवेश

MadhesKhabar

Leave a Comment