वीरगन्ज,१७माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष उमाशंकर तिवारी जसपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेले शनिबार वडा नम्बर १८ मा आयोजना गरेको कार्यक्रममा २०७९ को स्थानीय तहको निर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका तिवारी दलबलसहित एमालेमा प्रवेश गरेका हुन् । ववडाध्यक्ष तिवारीसंग त्यस वडाका वडा सदस्यहरुपनि एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई पर्सा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादव, एमालेका केन्द्रिय सदस्य तथा वीरगन्जका पूर्वमेयर विजय सरावगी लगायतका नेताले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै एमाले उम्मेदवार यादवले वडाध्यक्ष तिवारीसहितका जननिर्वाचित जनप्रतिनिधिहरु एमाले प्रवेशले पर्सा–१ मा एमालेको संगठनलाई थप मजबुत बनाएको र यसको परिणाम आगामी निर्वाचनमा देखिने बताए ।

