Madhes Khabar
राजनीति

माओवादीका केन्द्रिय सदस्य तथा पर्सा–४ का युव नेता शाक्य रास्वपामा प्रवेश

वीरगन्ज,१७पुसःतत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर ४ का युवा नेता टेकमान शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

बिहीबार आयोजित कार्यक्रममा शाक्य तत्कालीन माओवादी केन्द्र र हालको नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन् । रास्वपा पर्साका सभापति हरि पन्त र केन्द्रिय सदस्य डा. नन्दन यादवले शाक्यलाई पार्टीमा स्वागत गरे ।

पछिल्लो समय मुलुकको समग्र राजनीति नै विकृत रहेका कारण आँफु केहि समय राजनीतिक दलमा निष्क्रिय रहेको बताउँदै शाक्यले गत भदौं २३ र २४ को जेनजी आन्दोलन पश्चात मुलुकमा राजनीतिक रुपले पनि आशा पलाएकोले आँफु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी पुन राजनीतिमा सकृय भएको बताए । शाक्यले आगामी फागुन २१ निर्वाचनमा आँफुले पर्सा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्बारी दिने समेत बताए् ।

रास्वपा पर्साका सभापति पन्तको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य नन्दन यादव, क्षेत्रिय सभापति जीतेन्द्र मिश्र,नेता सुदिस प्रजापति लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

बालेनको सरकारमा को- को बन्दै छन् मन्त्री ? मधेसबाट काे काे परे ?

MadhesKhabar

पर्सा–२ का रास्वपा उम्मेदवार सुशील जसाैलीमा पुग्दा जेनजी युवाहरुले उत्साहित हुदैं जनाए समर्थन

MadhesKhabar

उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिस

MadhesKhabar

Leave a Comment