वीरगन्ज,१६माघःवीरगन्ज महानगरपालिका वडा नम्बर २७ जसौलीमा शुक्रबार चुनावी घरदैलोका क्रममा पुगेका रास्वपाका उम्मेदवार सुशील कुमार कानुलाई त्यहाँका जेनजी युवाहरुले उत्साहित बन्दै समर्थन जनाएका छन् ।
युवा उम्मेदवार कानु जसौलीका मतदाताको घरघरमा पुग्दा त्यहाँका जेनजी युवाहरुले पनि कानुसंगै उनको समर्थनमा भोट मागेका थिए ।
त्यसक्रममा रास्वपा उम्मेदवार कानुले मतदाताहरुसंग संवाद गर्दै आधुनिक युगसँग कदम मिलाउँदै डिजिटल शिक्षा र घरमै रोजगारी सिर्जना हुने योजनामा आँफुले काम गर्ने वाचा गरे ।कानुले भने, “आजको युग डिजिटल हो। अब युवालाई केवल प्रमाणपत्रले मात्र पुग्दैन, जीवन उपयोगी सीप र प्रविधिसँग जोडिएको शिक्षा आवश्यक छ।”
युवारूलाई डिजिटल सीप, अनलाइन रोजगारी, सूचना प्रविधि, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, डेटा इन्ट्री तथा फ्रीलान्सिङजस्ता विषयमा तालिम दिइने योजना रहेको भन्दै उनले यसबाट उनीहरू घरमै बसेर आम्दानी गर्न सक्षम हुने बताए।साहले किशोरीहरूका लागि सुरक्षित, सम्मानजनक र अवसरयुक्त शैक्षिक वातावरण सुनिश्चित गरिने प्रतिबद्धता जनाए।
घरदैलो तथा मतदाता भेटघाटका क्रममा स्थानीयबासीले शिक्षा, बेरोजगारी, कृषि समस्या र भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै आफ्ना सुझाव दिएका थिए।

