Madhes Khabar
राजनीति हेडलाइन

एमाले प्रवेश गर्दै शिवचन्द्र कुशवाहाले भने : ३० वर्षपछि फेरि आफनै घरमा फर्किए

काठमाडौं,१८असोजः जनमत पार्टी छाडेर स्वतन्त्र बनेका बाराका नेता एंव पूर्वमन्त्री शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गत वैशाख १० गतेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका कुशावाहा, सिके राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि स्वतन्त्र बनेका थिए ।

कुशवाह बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमालेमा प्रवेश गरेका हुन् । उनलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका थिए ।

एमाले प्रवेश गरेपछि कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताए । उनले आफू पनि जनयुद्ध अगाडि एमाले मै रहेकाले ३० वर्षपछि फेरि घर फर्किएको बताए ।

कुशवाह २०६४ सालमा बारा २ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए ।
कुशावाह गत बैशाख १० को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए । निर्वाचनपछि केही समय जनमत पार्टीमा रहे पनि सीके राउतसँग सहमत हुन सकेनन् ।

एमालेमा प्रवेश गर्दै उनले आफू बारामा एमालेकै राजनीति गरेर आएकाले पूरानै घर सहज भएको र बारामात्र नभएर मधेशमै एमालेलाई पहिलो शक्तिबाट बहुमतमा लैजान पहल गर्ने बताए ।साभार : नेपालप्रेसबाट

Related posts

वीरगन्जमा चैती छठका लागि किनमेल गर्नेहरुको चहल पहल (फोटो फिचर)

MadhesKhabar

छपकैयामा पुर्ननिर्माण गरिएको गिरिजा कोइरलाको शालीकको अनावरण असार १८ गते गरिने

MadhesKhabar

वीरगन्जमा अझ धेरै भारतीय पर्यटक भित्रयाउने लक्ष्यका साथ कामहरु भइरहेको छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment