Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा विद्युत आपूर्तिकाे समस्या तत्काल समाधान गर्न नेकपा (एस) काे आग्रह

वीरगन्ज ,२४जेष्ठ : वीरगन्ज महानगर र यस आसपासका क्षेत्रमा केही हप्ता यतादेखि बढिरहेकाे गर्मीकै बेला लगातार रुपमा भइरहेकाे अघाेषित लाेडसेडिङ र ट्रिपीङकाे समस्याले जनजिवन कष्टकर बनेकाे भन्दै नेकपा (एकीकृत समाजवादी ) ले नेपाल विद्युत प्राधिकरणकाे ध्यानाकर्षण गराएकाे छ।

दुई हप्तायता अत्याधिक रुपमा बढेकाे गर्मीले जनजिवन नै अस्तव्यस्त भइरहेका बेला विद्युत आपूर्तिमा भईरहेकाे समस्याले वीरगन्ज र यस आसपासका वासिन्दा थप पिडित बनेकाे भन्दै नेकपा (एकीकृत समाजवादी ) ले विद्युत आपूर्तिमा भइरहेकाे समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई आग्रह पनि गरेकाे छ ।

 

बुधबार नेकपा (एकीकृत समाजवादी ) काे वीरगन्ज महानगर कमिटीले नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार देउवालाई ज्ञापनपत्र बुझाउदै छिन् छिन् मा लाइन कट्ने समस्या तत्काल समाधान गर्न आग्रह गरेकाे हाे ।

त्यसक्रममा नेकपा (एकीकृत समाजवादी ) का महानगर अध्यक्ष मनाेज चाैधरीसहितका नेताहरुले प्रचण्ड गर्मीले आजित बनाइरहेकै बेला छिन् छिन् मा लाइन कट्दा आम जनताकाे जनजिवन थप कष्टकर बनेकाले यसबारे प्राधिकरणले तत्कालै ध्यान दिनुपर्नेमा जाेड दिए । अन्यथा प्राधिकरण विरुद्ध पिडित जनतालाई लिएर सडकमा आउने चेतावनीसमेत उनीहरुले दिए ।

 

जवाफमा विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख दुवेले वीरगन्ज क्षेत्रमा केहिदिन यता पटक पटक विद्युतकाे ट्रीप भएर लाइन कटिरहेकाे स्विकारे । याे समस्या समाधानका लागि वीरगन्ज क्षेत्रका थप २० स्थानमा असार महिनाभित्र नयाँ ट्रान्सर्फमर जडानका लागि प्राधिकरणले तयारी गरिरहेकाे जानकारी गराए ।

ज्ञापनपत्र बुझाउन गएकाे टाेलीमा नेकपा (एकीकृत समाजवादी ) का नेता बृजलाल पासवानसहितका नेता कार्यकर्ताहरुकाे पनि सहभागीता थियाे ।

Related posts

वीरगंज १९ विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडक क्षेत्रको जग्गा छुट्याउने काम सकियो

MadhesKhabar

पर्साका कांग्रेस प्रदेश सांसदद्धय पटेल र चौधरी बने प्रदेश सरकारमा मन्त्री

MadhesKhabar

अनुसन्धानका लागि रवि लामिछानेलाई आज वीरगन्ज ल्याइदै

MadhesKhabar

Leave a Comment