Madhes Khabar
स्थानिय

घाइते महतो भेट्न नेता रिजाल अस्पतालमा

मधेसखबर
वीरगन्ज,२४ असाेज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रमेश रिजालले ट्याक्टर दुर्घटनामा परि घाइते भएका पलट महतोको अस्पतालमै पुगेर स्वास्थ्य अवस्था बुझेका छन् ।

आइतबार रिजालकै उम्मेद्वारी दर्ताका लागि निस्केको र्यालीमा सहभागी भएका जिराभवानी गाउँपालिका ३ का पलट महतो ट्याक्टर दुर्घटनामा पर्दा घाइते भएका थिए ।

उनको अहिले वीरगन्ज स्थित तराई अस्पतालमा उपचार भइरहेको छ ।साेमबार अस्पतालमा पुगेर महतोको स्वास्थ्य अवस्था बुझ्दै नेता रिजालले उपचारमा कुनै कमी नगर्न चिकित्सकलाई आग्रह गरे । कुनै समस्या परे आफूलाई भन्न आग्रह गर्दै रिजालले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता पनि जनाए ।

घाइते महतोको स्वास्थ्य अवस्था बुझ्न नेता रिजालसँगै क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य उम्मेद्वार शंकर चौधरी पनिसँगै पुगेका थिए ।

Related posts

वीरगन्ज महानगरको १६ औं नगरसभामा मेयर सिंहले पेश गरेका विधेयक र प्रस्तावहरु सर्वसम्मतले पारित

MadhesKhabar

तस्करी गरि ल्याइएको साढे चार लाखको ७४ कार्टुन भारतीय चक्लेट वीरगन्जबाट बरामद

MadhesKhabar

वीरगन्जमा तस्करी गरि ल्याइएको ८ सय किलो काजु बरामद

MadhesKhabar

Leave a Comment