Madhes Khabar
स्थानिय

तस्करी गरि ल्याइएको साढे चार लाखको ७४ कार्टुन भारतीय चक्लेट वीरगन्जबाट बरामद

वीरगन्ज, २४ साउन : भारतबाट तस्करी गरि ल्याइएको ठूलो परिमाणमा चक्लेटहरु वीरगन्जबाट प्रहरीले बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हालटोलस्थित एक गोदाममा भण्डारण गरि राखिएको करिब साढे चार लाख रुपैयाँ मुल्यको ७४ कार्टुन चक्लेट बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

गोप्य सुचनाको आधारमा बुधबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कुम्हालटोलस्थित एक घरमा कोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको चार लाख ४९ हजार ४० रुपैयाँ मुल्यको विभिन्न ब्राण्डका ७४ कार्टुन चक्लेट बरामद गरेको गिरीले जानकारी दिए ।

बरामद चक्लेट थप अनुसन्धान तथा कारबाहीको लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

 

Related posts

पर्सामा चुनावका लागि खटिएका कर्मचारीहरु मतदान केन्द्र तर्फ प्रस्थान

MadhesKhabar

बारामा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल बसमा ठोक्किदा एक जनाको मृत्यु

MadhesKhabar

वीरगन्जको मनेरोड तोड्नु हुन्न, तोड्न आवश्यक पनि छैन : पुर्व मेयर सरावगी

MadhesKhabar

Leave a Comment