Madhes Khabar
समाचार

सिमरामा जेनजीकाे आन्दोलन बिथोल्ने एमालेका नेताकार्यकर्तालाई खाेजी रहेका छाैं : प्रहरी

बारा,४मंसिर:बाराकाे सिमरामा जेनजीहरूको शान्तिपूर्ण विरोध कार्यक्रममा आक्रमण गर्ने एमालेका नेता कार्यकर्तालाई प्रहरीले खोजी सुरु गरेको छ ।

बुधबार भएको घटनापछि बिहीबार एमालेका दुई वडाध्यक्षलाई प्रहरीले प्रकाउ गरेको छ भने बाँकीको खोजी भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक विजय पण्डितले एमालेबाट जितेका जीतपुरसिमरा-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैयमुदिन अन्सारी प्रकाउ परेपनि बाँकीको खोजी भइरहेको बताए। ‘जाहेरी परेका बाँकी ६ जनालाई पनि हामीले खोजी गरिरहेका छौँ,’ पण्डितले भने ।

जेनजी युवाहरूले एमाले नेता हिरा बस्नेत, त्रिलोक ठकुरी, ईश्वर थपलिया, गोविन्द लामा, धनबहादुर श्रेष्ठ, कैयमुदिन अन्सारीलगायत ८ जनाविरुद्ध बुधबारर जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए ।

जसमध्ये प्रहरीले श्रेष्ठ र अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।साभार:राताेपाटी

Related posts

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

पर्साको पटेर्वा सुगौलीमा पाटे बाघ मार्नेहरुको खोजी जारी

MadhesKhabar

Leave a Comment