Madhes Khabar
समाचार

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

क्रान्ति शाह
वीरगन्ज, १६ बैशाख
: वीरगन्ज महानगरमा सत्तागठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले संयुक्त रुपमा भोट माग्न शुरु गरेका छन् ।
गठबन्धनका तर्फबाट जसपाबाट मेयरका उम्मेदवार राजेशमान सिंह र काँग्रेसबाट उपमेयरका उम्मेदवार इम्तियाज आलमले शुक्रबार पहिलो पटक संगसंगै घरदैलो गरेर भोट माग्न शुरु गरेका छन् ।
गठबन्धनमा दुइ फरक फरक दलका दुवै उम्मेदवारले गत सोमबार नै मनोनयन दर्ता गराएपनि यसअघि उनिहरुले छुट्टा छुटटै प्रचार गरेर आ आफनो लागि भोट माग्दै आएका थिए ।तर शुक्रबार देखि भने दुवैले संगसंगै घरदैलो कार्यक्रम गरेर भोट माग्न थालेका हुन् ।
शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न टोलमा सिंह र आलमले संयुक्त घरदैलो कार्यक्रम गरेका हुन् ।घरदैलो कार्यक्रममा जसपा र काँग्रेस दुवै दलका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।


घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार सिंह , उपमेयरका उम्मेदवार आलम , जसपा नेता एंव मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , जसपाका केन्द्रिय सदस्य समेत रहेका सांसद प्रदीप यादव , काँग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , उपसभापति रामनारायण कुर्मी ,पूर्वउपसभापति प्रकाश उपाध्याय , जसपा नेता मुकेश द्धिवेदी लगायतको सहभागीता थियो ।
जसपा नेता एंव सांसद यादवले गठबन्धनका साझा उम्मेदवारहरुले संगै सुरु गरेको घरदैलोबाट वीरगन्जको चुनावी माहोल परिवर्तन भएको बताए ।
उनले भने ,‘ विपक्षीहरुले गठबन्धनका साझा उम्मेदवारहरु एक ठाउँमा आउन नसक्ने हल्ला चलाइरहेका थिए तर आज भएको संयुक्त घरदैलोले उनीहरुको मुख बन्द भएको छ ।
मेयरमा जसपाका उम्मेदवार राजेशमान सिंहले भने ,‘ वडा नम्बर १६ बाट हामी गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो सुरु गरेका छौँ, मतदातहरुको घर घरमा पुगेर मत माग्न शुरु गरिसकेका छौं । हामी नेता, कार्यकर्ता मात्र होइन, मतदाता जनता पनि धेरै उत्साहित छन्,’ ।
घरदैलो कार्यक्रमा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धनका उम्मेदवार जिते मात्र वीरगन्जमा समृद्धि आउन सक्ने बताए ।
उनले भने, ‘एमाले मधेस विरोधी पार्टी हो ,मधेसको विकासमा एमालेबाट अपेक्षा गर्नु मुर्खता हुन्छ ,त्यसैले पनि सबैले मिलेर गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।

Related posts

वीरगन्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जित सुनिश्चित

MadhesKhabar

पर्सामा निकुञ्जले पालेकै हात्तीको आक्रमणबाट माउतेको मृत्यु

MadhesKhabar

लागूऔषध तस्करीमा किशोरको प्रयोग बढ्दो

MadhesKhabar

Leave a Comment