Madhes Khabar
समाचार

पाेखराकाे विमान दुर्घटनामा मृत्युु भएका युपीका ४ जनालाई याेगी सरकारले भारु ५/५ लाख दिने

फाइल फाेटाे

एजेन्सी ,०४ माघ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विमान दुर्घटनामा परी ५ जना भारतीयले ज्यान गुमाएका थिए । तीमध्ये चार जना उत्तर प्रदेशका हुन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई पाँच–पाँच लाख भारु दिने घोषणा गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रति परिवार पाँच लाख भारु आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्।

काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो । नेपाल सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

क्रिकेटर आसिफ शेखमाथि बलात्कारको आराेप, तर प्रहरीले लिएन उजुरी

MadhesKhabar

बारामा अफिमसहित एक पुरुष पक्राउ

MadhesKhabar

होल्डिङ सेन्टरमा मृत भेटिएका बाराका पासवानकाे परिवारलाई सरकारले जग्गा र राेजगारी दिने

MadhesKhabar

Leave a Comment