Madhes Khabar
समाचार

बाराका सशस्त्र प्रहरी एसपी सिंह हेडक्वार्टर तानिए

बारा,१०पुस: सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक( एसपी) सन्ताेष बहादुर सिंह हेडक्वार्टर तानिएका छन ।सशस्त्र प्रहरी मुख्यालयले बाराका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) सिंहलाई छानबिनकालागि बोलाएको हो ।

जिल्लामा राजस्व संकलनमा कमी आएको पाईएपछि छानबिनका सिंहलाई लागी मुख्यालय बोलाईएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

बाराका सिमानाकामा तस्करी बढेको उजुरी समेत सशस्त्र प्रहरी मुख्यालयमा परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले बारा सहित तराईका चार जिल्लाका सशस्त्र प्रहरीका एसपीलाई हेडक्वार्टर तानेको छ ।

सशस्त्र प्रहरी मुख्यालयले बारा सहित धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गरी, मोरङका विश्व खड्का र बाँकेका बिमल डाँगीलाई छानविनका लागी हेडक्वार्ट तानेको हो ।

यसअघि बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विदुर भट्टराईलाई पनि हेडक्वार्टर तानिएको थियो ।

भट्टराईले व्यापक तस्करी गराएको उजुरी परेपछि हेडक्वार्टरले तानेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

Related posts

दुर्घटनामा परेको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

MadhesKhabar

वीरगन्जबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर जाँदै गरेका दुई युवक अमलेखगञ्जमा पक्राउ

MadhesKhabar

सखुवाप्रसौनीको देउरवानामा वर्षौ देखि जीर्ण सडकको कालोपत्रे गर्न शुरु

MadhesKhabar

Leave a Comment