Madhes Khabar
समाचार

बाराका सशस्त्र प्रहरी एसपी सिंह हेडक्वार्टर तानिए

बारा,१०पुस: सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक( एसपी) सन्ताेष बहादुर सिंह हेडक्वार्टर तानिएका छन ।सशस्त्र प्रहरी मुख्यालयले बाराका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) सिंहलाई छानबिनकालागि बोलाएको हो ।

जिल्लामा राजस्व संकलनमा कमी आएको पाईएपछि छानबिनका सिंहलाई लागी मुख्यालय बोलाईएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

बाराका सिमानाकामा तस्करी बढेको उजुरी समेत सशस्त्र प्रहरी मुख्यालयमा परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले बारा सहित तराईका चार जिल्लाका सशस्त्र प्रहरीका एसपीलाई हेडक्वार्टर तानेको छ ।

सशस्त्र प्रहरी मुख्यालयले बारा सहित धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गरी, मोरङका विश्व खड्का र बाँकेका बिमल डाँगीलाई छानविनका लागी हेडक्वार्ट तानेको हो ।

यसअघि बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विदुर भट्टराईलाई पनि हेडक्वार्टर तानिएको थियो ।

भट्टराईले व्यापक तस्करी गराएको उजुरी परेपछि हेडक्वार्टरले तानेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

Related posts

पर्सामा एक महिनामै ६७ घरेलु हिंसाका उजुरी, अधिकांश मिलापत्रमार्फत टुंगिए

MadhesKhabar

वनमन्त्री यादव अमेरिका प्रस्थान

MadhesKhabar

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

MadhesKhabar

Leave a Comment