Madhes Khabar
समाचार

वनमन्त्री यादव अमेरिका प्रस्थान

मधेसखबर
वीरगन्ज ,१०असाेज: वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

 

यही असोज ११ गते देखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट आइतबार राति अमेरिका प्रस्थान गरेका हुन् ।

अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

Related posts

मधेश प्रदेशमा प्रथम मधेश प्रदेश युवा महोत्सव आयोजना

MadhesKhabar

प्रतिबन्धित लागूऔषध सहित दुईजना पक्राउ

MadhesKhabar

पोखरीया नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

MadhesKhabar

Leave a Comment