Madhes Khabar
समाचार

वनमन्त्री यादव अमेरिका प्रस्थान

मधेसखबर
वीरगन्ज ,१०असाेज: वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

 

यही असोज ११ गते देखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट आइतबार राति अमेरिका प्रस्थान गरेका हुन् ।

अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

Related posts

वीरगन्ज भन्सारबाट लागू औषध गाँजासहित ७० वर्षका बृद्ध पक्राउ

MadhesKhabar

गाँजाको व्यावसायिक उत्पादन गर्नका लागि कानुन बनाउने सरकारको घोषणा

MadhesKhabar

गहवाको गाईगोठबाट ठूलो परिमाणमा तस्करीको चकलेट बरामद

MadhesKhabar

Leave a Comment