Madhes Khabar
समाचार

गाँजाको व्यावसायिक उत्पादन गर्नका लागि कानुन बनाउने सरकारको घोषणा

काठमाडौं,१५जेष्ठ : सरकारले गाँजाको व्यवसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८-०८२ को बजेट प्रस्तुत गर्दै औषधि प्रयोजनका लागि कानुनी व्यवस्था मिलाएर गाँजाको व्यावसायिक उत्पादन गरिने बताएका हुन् ।

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि २०८० कात्तिकमा गृह मन्त्रालयका तत्कालीन सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो । गत वर्ष पनि तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए। आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको थियो, ’औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।’संसदमा आज मंगलबार आगामी आर्थिक बर्षको

अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ ।गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरकेो छ ।

Related posts

वीरगन्ज महानगरको उपमेयरमा काँग्रेसबाट १३ जनाको नाम सिफारिस

MadhesKhabar

भूमि आयोग खारेज गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले गर्‍यो बदर

MadhesKhabar

बलात्कार आराेपमा फरार मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

MadhesKhabar

Leave a Comment