Madhes Khabar
समाचार

पटेर्वासुगौलीबाट ठूलो परिमाणमा सालको काठ बरामद

मधेसखबर

वीरगन्ज,१९ साउन : पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ पथलावाहघाटबाट प्रहरीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ।

प्रहरी चौकी रंगपुरबाट  प्रहरी  सहायक निरीक्षक गोपाल राय यादवको नेतृत्वमा खटिएको  गस्ती  टोलीले  पथलावाह घाटबाट बुधबार राती सालको गोलाइ काठ तीन थान बरामद गरेको हो ।

सोनबर्षाको  जङ्गलबाट तस्करहरुले साईकलमा काठ  ल्याउदै गरेको अवस्थामा प्रहरीलाइ देखे पछि   तस्करहरु काठ फालेर  भागेको  प्रहरी  सहायक निरीक्षक यादवले बताए।

Related posts

विहेमा गएका जन्तीकाे माेटरसाइकल चाेरी गर्ने गिराेह पर्साकाे पाेखरियाबाट पक्राउ

MadhesKhabar

लाइसेन्सका लागि भरेको अनलाइन आवेदन रद्ध

MadhesKhabar

सुवर्णपुरकाे सहिद स्मारक र बजारमा सरसफाइ

MadhesKhabar

Leave a Comment