Madhes Khabar
समाचार

विहेमा गएका जन्तीकाे माेटरसाइकल चाेरी गर्ने गिराेह पर्साकाे पाेखरियाबाट पक्राउ

वीरगन्ज,१३जेठ:विहेकाे जन्ती गएका बेला माेटरसाइकल चाेरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पर्साकाे पोखरिया नगरपालिका वडा नंवर ९ मा जेठ ८ गतेराति जन्ती गएका बेला वीरगन्ज महानगरपालिका वडा नम्बर २१ ताजपुरका राजदेव महतोको नाममा दर्ता रहेको ना.५४ प ३८७७ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल चाेरी भएको थियाे।

पिडित माेटरसाइकलधनीले दिएको निवेदनका आधारमा प्रहरीले खाेजतलास गर्ने क्रममा उक्त माेटरसाइकल पाेखरिया नगरपालिका-४ स्थित सडकमा जेठ १० गते बेवारिसे अवस्थामा भेटिएको थियाे।

त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले उक्त माेटरसाइकल चाेर्ने घटनामा संलग्न ३ जना युवकलाई पक्राउ गरेकाे हाे।पक्राउ पर्नेमा पाेखरिया नगरपालिका-४ का १९ वर्षीय रितिक गिरि,त्यहीँ ठाँउका २१ वर्षीय रामविश्वास राम र १९ वर्षीय कृष्ण महताे नुनिया रहेका छन्।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर उनिहविरुद्ध चोरी सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले जानकारी दिए।

Related posts

वीरगन्जबाट मोटरसाइकल चोरेर भारत भाग्दै गरेका दुई युवक रक्सौल नाकाबाट पक्राउ

MadhesKhabar

वडा अध्यक्ष चर्तुवेदी वीरगन्ज महानगरको अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा चयन

MadhesKhabar

धरान पुगेर मन्त्री यादवले भने :सस्तो लोकप्रियताको पछि नलागौं,खानेपानी समस्या समाधानमा जुटौं

MadhesKhabar

Leave a Comment