
काठमाडौं,३माघः सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा एक जना ३१ वर्षीय युवक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा भोजपुरको षडानन्द नगरपालिका–५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सरोज कटुवाल पक्राउ परेका हुन् ।
कटुवालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको सिआइबीले जनाएको छ ।पीडित महिलाको उजुरीको आधारमा उनीविरुद्ध थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

