Madhes Khabar
समाचार

दिदीको अश्लील भिडियो खिचेर बहिनीलाई पठाउने युवक पक्राउ

सांकेतिक फोटो

काठमाडौं,३माघः सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा एक जना ३१ वर्षीय युवक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा भोजपुरको षडानन्द नगरपालिका–५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सरोज कटुवाल पक्राउ परेका हुन् ।

कटुवालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको सिआइबीले जनाएको छ ।पीडित महिलाको उजुरीको आधारमा उनीविरुद्ध थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Related posts

बाराको पचरौताका नगरपालिकाका तत्कालिन निमित्त प्रमुखसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव

MadhesKhabar

मोदीको शपथमा दिल्ली जाँदै प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

Leave a Comment