Madhes Khabar
समाचार

छानबिनका लागि बाराका एसपी कुँवरलाई प्रहरी हेडक्वार्टर झिकाइयाे

काठमाडौँ,२३साउन:जिल्ला प्रहरी कार्यालय बाराका पप्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ ।

केही आन्तरिक विषयमा सोधपुछ र छानबिन गर्नुपर्ने भएकाले उनलाई मुख्यालय तानिएको हो । नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले उनको विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले छानबिनका लागि उनलाई मुख्यालय बोलाइएको बताए । प्रहरी प्रधान कार्यालयले एसपी कुँवरमाथि कुन विषयमा छानबिन सुरु गरेको हो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यद्यपि, स्रोतका अनुसार उनीमाथि केही आन्तरिक प्रशासनिक वा आर्थिक मामिलामा उजुरी परेपछि सोधपुछका लागि बोलाइएको बुझिएको छ ।साभार:राताेपाटी

Related posts

पर्सामा मतदान केन्द्रको तैयारी अन्तिम चरणमा

MadhesKhabar

१ अर्बको हुण्डी कारोबार गरेको आरोपमा मनी ट्रान्सफरका सन्चालक शाह पक्राउ

MadhesKhabar

भगवान् राम नेपालमै जन्मिएका हुन् , यो कुरा भन्न कोहिसंग डराउनुपर्दैन : प्रधानमन्त्री ओली

MadhesKhabar

Leave a Comment