Madhes Khabar
समाचार

भगवान् राम नेपालमै जन्मिएका हुन् , यो कुरा भन्न कोहिसंग डराउनुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं,२३ असारःप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै ओलीले राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहो¥याएका हुन् ।

ओलीले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुप¥यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर … ।’

उनले थपे, ‘राम जन्मिएको नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिबेला पनि नेपालमै थियो भन्दिनँ म । के थियो के थिएन । … अहिले भने त्यो भूभाग नेपालमा पर्छ ।’ ओलीले कोही रिसाउँछ कि भनेर सत्य कुरा बोल्न डराउन नहुने तर्क गरे ।

‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान् मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो’ उनले भने, ‘यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’

उनले प्रश्न गरे, ‘साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरिखान्छौं ?’ उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपालकै भएको बताए । ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन् । मैले लेखेको होइन नि रामायण !’

प्रधानमन्त्री ओलीले वाल्मिकीकृत रामायणमा राम–लक्ष्मणलाई विश्वामित्रले नेपाली भूभागमै शिक्षा दिएको प्रसंग उल्लेख रहेको उनले सुनाए । ‘त्यो मैले लेखेको होइन नि । कोशी तरेर गएका हुन् भन्ने स्पष्ट छ । कोशीको किनारमा बस्ने भएकोले उनको नाम कौशिक राखिएको हो,’ उनले थपे ।साभारः अनलाइनखबर

Related posts

बाराको बजनीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

MadhesKhabar

धरानमा खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव

MadhesKhabar

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

MadhesKhabar

Leave a Comment