Madhes Khabar
समाचार हेडलाइन

पर्साको अकवामा लागूऔषध कारोबारीको घरमा प्रहरीको छापा: चरेस र गाँजासहित मियाँ पक्राउ

प्रमोद यादव

वीरगन्ज,३२साउनःपर्सामा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा र चरेससहित एक कारोबारीलाई पक्राउ गरेको छ ।पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ अकवा गाँउका विषमोहन चौधरीको घरमा बिहीबारराति छापा मारेर १९२ केजी चरेस र २६७ केजी गाँजासहित कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली गाँउका ४० वर्षीय फुलसरिफ मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका मियाँ गाँजा र चरेसका नामूद कारोबारी हुन् । उनका साझेदार चौधरी भने फरार रहेका छन् ।

श्रोतका अनुसाार, मियाँ र चौधरीले मकवानपुर र धादिङ जिल्लाको पहाडी भेगमा उत्पादित गाँजा र चरेस भरियामार्फत पर्सामा ल्याएर भारतमा तस्करी गर्दै आएका थिए ।

प्रहरीले बिहीबार राति गाँजा र चरेससहित मियाँलाई अकवा गाँउका चौधरीको घरमा छापा मारेर पक्राउ गरेको भएपनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दीपक भारतीले भने गाँजा र चरेससहित मियाँलाई चौधरीको घरबाट नभई बाँसघारीबाट पक्राउ गरिएको बताए ।

उनका अनुसार,अकवा गाँउको बासघारीमा लागू औषाधको खरिदबिक्री भइरहेको सूचना पाएर बिहीबार राति जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली खटिएको थियो ।उक्त प्रहरी टोलीले अकवा गाँउको बाँसघारीमा लुकेर बसेको अवस्थामा मियाँलाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ गर्दा मियाँले नै दिएको जानकारीका आधारमा बासघाँरीमा खाल्डो खनेर राखिएको १९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) २६७ केजी फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

गाँजा र चरेससहित पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको भारतीले जानकारी दिए ।

Related posts

वीरगन्जका हाेटलमा युवतीहरुलाई बेश्याबृतिमा लगाउने हाेटल मालिक्नीसहित ४ जना पक्राउ

MadhesKhabar

एमाले प्रवेश गर्दै शिवचन्द्र कुशवाहाले भने : ३० वर्षपछि फेरि आफनै घरमा फर्किए

MadhesKhabar

तपस्वी भनिएका बम्जनलाई साधरण तारेखमा रिहा गर्न अदालतकाे आदेश

MadhesKhabar

Leave a Comment