Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जका हाेटलमा युवतीहरुलाई बेश्याबृतिमा लगाउने हाेटल मालिक्नीसहित ४ जना पक्राउ

वीरगन्ज,१८माघ:वीरगन्जका हाेटलमा युवती र महिलाहरुलाई आर्थिक प्रलाेभनमा पारेर याैन व्यवसायमा लगाउने हाेटल सञ्चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा दुई जना हाेटल सञ्चालक महिला र दुई जना पुरुष ग्राहक रहेका छन्।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार क्षेत्रमा रहेका हाेटल स्वास्तिक र हाेटल रितेशमा बिहीबार राति प्रहरीले छापा मारेकाे थियाे ।त्यसक्रममा दुवै हाेटलबाट गरि दुई जना महिलालाई उद्धार गरिएको तथा उनिहरुलाई वेश्याबृतिमा लगाउने दुवै हाेटलका सञ्चालक र दुई जना ग्राहक पुरुषलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले बताए।

 

उनका अनुसार पक्राउ पर्नेमा हाेटलका सञ्चालकद्वय बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-१४ घर भएकि ३८ बर्षीया मीरा कुमारी महताे र महाेत्तरीकाे भंगहा नगरपालिका-२ टिकुलिया घर भएकि सुक्राती चाैधरी रहेका छन् ।यस्तै पक्राउ पर्ने ग्राहकमा ओखलढुंगाकाे देयालाे गाँउपालिका-५ का ३३ बर्षीय दिपेश राई र भारतकाे बिहार राज्यकाे छपरा जिल्ला बरहदिया-११ घर भएका ३५ बर्षीय मनाेज राय रहेका छन् ।

महिलाहरुलाई राम्रो काममा लगाइदिने प्रलाेभनमा पारी हाेटलमा आएका पुरुष ग्राहकहरुसंग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृतिमा संलग्न गराइरहेकाे अवस्थामा दुवै हाेटलका सञ्चालक र पुरुष ग्राहकहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।

 

नियन्त्रणमा लिइएका चारै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरु विरुद्ध मानव बेचविखन तथा ओेसार पसार ऐन २०६४ बमाेजिमकाे कसुरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अलालतबाट ७ दिनकाे म्याद थप गरिएको लम्सालले जानकारी दिए।

Related posts

काँग्रेस विचारवादी हाेइन ब्रिफकेसवादी भएकाे छ : अजय द्विवेदी

MadhesKhabar

गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु तीन दिनका लागि बन्द

MadhesKhabar

घण्टाघरमा साैन्दर्यकरणका लागि जडान गरिएको बत्ती फेरि तोडफोड

MadhesKhabar

Leave a Comment