Madhes Khabar
स्थानिय

वीरगन्जमा ब्राउन सुगरसहित तीनजना पक्राउ

वीरगन्ज,१७माघ:वीरगन्जमा लागुऔषध खैरो हेरोइन(ब्राउन सुगर)सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पर्सा वीरगन्ज महानगरपालिका वडा नंबर १६ का राजबली महतो, मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका वठा नंबर ५ का अवधेश प्रसाद पटेल रहेका छन्।

प्रहरी चौकी बसपार्क तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका-१६ स्थित सडकखण्डमा चेकजाँचको क्रममा उनिहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

पक्राउ परेका तीनैजनाको साथबाट एक सय ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने सेतो पदार्थ बरामद गरिएको उनले बताए। तीनैजना विरुद्ध लागुऔषध मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाइएको थापाले बताए।

Related posts

जेनजी आन्दोलनमा भीमफेदी जेलबाट भागेका कैदी अमजत मियाँ २२ दिनपछि वीरगन्जबाट पक्राउ

MadhesKhabar

कुर्मी सशक्तीकरण मञ्च पर्साकाे अध्यक्षमा दीपक पटेल चयन

MadhesKhabar

चुरियामाईमा ब्रेकफेल भएको बसले ठक्कर दिदाँ वीरगन्जकी एक महिलासहित २ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment