Madhes Khabar
स्थानिय

धोबिनी गाँउपालिका नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

मधेसखबर
वीरगन्ज,११जेठः
पर्साको धोबिनी गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष मदन प्रसाद चौहानले बुधबार पदभार ग्रहण गरेका छन् ।
सोमबार प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएपछि पालिका उपाध्यक्ष सहितका अन्य नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ शपथ खुवाएका नवनिर्वाचित अध्यक्ष चौहानले बुधबार गाँउपालिकाको कार्यालयमा पटक पुगेर पदभार ग्रहण गरेका हुन् ।
बुधबार गाँउपालिका कार्यालयमा पुगेका नवनिर्वाचित अध्यक्ष चौहानलाइ गाँउपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि आफनो कार्यकक्षमा पुगेका चौहानले आफु बस्ने कुर्सीलाइ ढोग्दै पदभार ग्रहण गरेका हुन् ।


चौहान , जनता समाजबादी पार्टी (जसपा) बाट उम्मेदवार बनेर ३ हजार ९१ मत प्राप्त गरि पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेस बशिठ नारायण कुर्मीले ३ हनार ७१ मत ल्याएका थिए ।
बुधबारको पदभार ग्रहण समारोहमा जसपाका जिल्ला सचिव तबरेज अहमदका साथै जसपाका नेता कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।

Related posts

मन्त्री यादवद्वारा वीरगन्जका विभिन्न वडामा सडककाे शिलान्यास

MadhesKhabar

भोजपुरी एल्बम सुटिङको कांग्रेस युवा नेता सिंहले गरे शुभारम्भ

MadhesKhabar

वीरगन्जको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर :मन्त्री,नेताका घर र सरकारी कार्यालयमा आगजनी

MadhesKhabar

Leave a Comment