Madhes Khabar
स्थानिय

मन्त्री यादवद्वारा वीरगन्जका विभिन्न वडामा सडककाे शिलान्यास

मधेसखबर
वीरगन्ज ,०६ असाेज : वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगन्ज महाागरपालिकाकाे विभिन्न वडामा निर्माण गर्न लागिएका सडककाे बिहिबार शिलान्यास गरेका छन् ।

बिहीबार नै बिहान वीरगन्ज ३२ रनमवनमा पर्सा प्राणी उद्यानकाे शिलान्यास गरेका मन्त्री यादवले दिउँसाे महानगरकै विभित्र वडाहरुमा सडककाे शिलान्यास गरेका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा आईसीपी देखी दक्षिणको जनता सडकसम्म, वडा नम्बर ३१ को इस्लामपुर देखी जनता सडक सम्म र तयहि वडाको प्रसोतिपुर देखी कोनिया गाउँ हुँदै चोर्नी, लक्ष्मीपुर, परस्वा, सोलखपुर हुँदै रामवन सम्मको सडककाे मन्त्री यादवले शिलान्यास गरेका हुन् ।


मन्त्री यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को कोनियामा नवनिर्मित सडक र नालाको उद्घाटन पनि गरे ।

Related posts

पत्रकार महासंघ पर्साकाे साधरणसभाकाे उद्घाटन सत्र सम्पन्न

MadhesKhabar

पर्सामा १० केजी चरेससहित एक जना पक्राउ

MadhesKhabar

वीरगन्जमा निम्तिएको पानीको समस्या लिएर प्रधानमन्त्री प्रचण्डकोमा पुगे सांसद प्रदीप यादव

MadhesKhabar

Leave a Comment