Madhes Khabar
स्थानिय

वीरगन्जका पत्रकार सर्राफ, खड्का र पटेल नगद पुरस्कार सहित सम्मानित

मधेसखबर
वीरगन्ज,२८फागुनः वीरगन्ज उद्योग वाणिज्य संघले तीन जना पत्रकारलाई नगद पुरस्कार सहित सम्मानीत गरेको छ । सम्मानित हुनेहरुमा मध्य नेपाल सन्देशकी प्रबन्धक कविता खड्का , यात्रा डेली अनलाईनका प्रबन्ध निर्देशक राम सरार्फ र प्रतीक दैनिक एंव बिजमाण्डु अनलाईनका पत्रकार राधेश्याम पटेल रहेका छन् ।

आइतबार आयोजित संघको ४७ औं वार्षिक साभरणसभामा तीनै जना पत्रकारलाई जनही नगद ११ हजार रुपैया र कदरपत्र प्रदान गरि सम्मानित गरिएको हो ।पत्रकारिता पेशामार्फत वीरगन्जको उद्योगदेखि यहाँको आर्थिक विकासका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै तैनै जना पत्रकारलाई सम्मानित गरिएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोधकुमार गुप्ताले बताए ।

यस्तै साधरणसभामै संघले खेलकुद , स्वास्थ्य , सामाजिक सेवा , उद्योग व्यपार क्षेत्रमा योगदान पुरयाएकाहरुलाई पनि सम्मनित गरेको छ । खेलकुद क्षेत्र तर्फ नेपालीस् राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अनिल रुपाखेती , शिक्षा तर्फ रोयल एकेडेमीकी प्रिन्सिपल शबनम श्रेष्ठ, युवा उद्यमी तर्फ अनुप अग्रवाल , महिला उद्यमी तर्फ रजनी झालाई संघले प्रशंसापत्र प्रदान गरि सम्मानित गरेको संघका महासचिव मनोज दासले जानकारी दिए ।

 

Related posts

वीरगन्ज:शाेरुमबाट किनेकाे ४ दिनमै पल्सर माेटरसाइकल घर अगाडिबाटै भयाे चाेरी

MadhesKhabar

पानीकाे समस्या समाधानको दीर्घकालीन उपाय खाेज्दै वीरगन्ज महानगर : जमिनमुनिको तह नापिदैं

MadhesKhabar

पर्साका चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

MadhesKhabar

Leave a Comment