Madhes Khabar
स्थानिय हेडलाइन

बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत र पाेखरियाका जिन्सी शाखा प्रमुख पक्राउ 

वीरगन्ज,६असार:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकाे बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र पोखरिया नगरपालिकाकाे जिन्सी तथा इन्धन शाखा प्रमुख तथा नायब सुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ।श्रीवास्तव पाेखरिया नगरपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतपनि हुन्।
भ्रष्टाचारको आराेपमा  दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान टंगाल काठमाडौंबाट खटिएको टाेलीले शुक्रबार वीरगन्जबाट पक्राउ गरेकाे हाे।
श्रीवास्तवलाई वीरगन्ज-१५ प्रतिमा चोकबाट र साहलाई वीरगन्ज-३ प्रगतिनगरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
श्रीवास्तवले विभिन्न योजनाको स्वीकृति, खरिद आदेश ,ठेक्का प्रक्रिया,कर्मचारी नियुक्ति प्रकृयामा अनियमितता गरेकाे उजुरी परेपछि अनुसन्धानका लागि उनलाई शुक्रबार अख्तियारले नियन्त्रणमा लिएको हाे।
यस्तै साहले पनि विभिन्न आयोजना र सामान खरिदमा ठेकेदार तथा सेवाग्राहीहरूसँग अनाधिकृत रूपमा आर्थिक लेनदेन गरेको आरोप छ।अख्तियारले दुवै जनाबाट ४ थान मोबाइल समेत नियन्त्रणमा लिएको छ।

Related posts

वीरगन्ज महानगरका मेयर सरावगीले राजीनामा दिए

MadhesKhabar

परिवारै मिलेर देवरबाट गराए बलात्कार

MadhesKhabar

वीरगन्जका मतदाता भन्छन् : यसपालि हाम्रो रोजाइ अजय चौरसिया र रमेश कुर्मी

MadhesKhabar

Leave a Comment