Madhes Khabar
स्थानिय हेडलाइन

महाकुम्भ मेलामा भएको भागदौडमा पर्साकी पनि एक महिला सम्पर्कविहीन

वीरगन्ज,१७माघःभारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको महाकुम्भ मेलामा स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा परेर पर्साकी पनि एक महिला सम्पर्कविहीन भएकी छन् ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा गाँउकी ४३ बर्षीया चन्दकिशोरी देवी गिरी महाकुम्भ मेलामा बुधबार बिहानदेखि सम्पर्कविहिन भएको उनिसंगै महाकुम्भ मेला गएका छिमेकीले त्यहाँबाट फोन गरेर जानकारी गराएको वडाध्यक्ष प्रमोद गिरीले जानकारी दिए ।चन्दकिशोरी देवीसंगै महाकुम्भमा गएका छिमेकीले बुधबार बेलुकी प्रयागराजबाटै फोन गरेर चन्दकिशोरी देवी सम्पर्कविहिन भएको जानकारी गराएको वडाध्यक्ष गिरीले बताए ।

वडाध्यक्ष गिरीका अनुसार, चन्दकिशोरी देवीसंगै गाँउका ६\७ जनाको टोली ६ दिनपहिले प्रयागराजको महाकुम्भ मेलाका लागि घरबाट प्रस्थान गरेका थिए ।

उनिसंगै गएका छिमेकीहरुले बुधबारबिहानै देखि त्यहाँको सुरक्षाकर्मीहरुको सहयोगमा खोजी गरिरहेको भएपनि बिहीबार दिउँसोसम्मपनि उनलाई फेला पार्न नसकेको खबर आएको पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहानले मधेसखबरलाई बताए ।त्यसैले बिहीबार दिउँसो मेयर चौहानले आफ्नो फेसबुक पेजमा चन्दकिशोरी देवीको तस्बिरसहित एक पोष्ट लेख्दै महाकुम्भ मेलामा सम्पर्कविहिन भएकी चन्दकिशोरी देवीको खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेका छन् । उनलाई फेला पार्ने व्याक्तिले ह्वाट्सअप नम्बर ९८०६८१८९४७ मा सम्पर्क गरिदिनपनि मेयर चौहानले अनुरोध गरेका छन् ।

महाकुम्भ मेलामा बुधबार बिहान भएको भागदौडमा सप्तरीकापनि दुई जना सम्पर्कविहीन भएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ की ६० वर्षीया सुनैनादेवी झा तिलाठी कोइलाडी–३ सकरपुराका ६५ वर्षीय बुलबुल खंग बुधबार बिहानदेखि महाकुम्भ मेलास्थलबाट हराइरहेको वडाध्यक्ष रमेश मुखियाले बताएका छन् ।

महाकुम्भ मेलामा बुधबार बिहान १.३० बजेतिर मौनी अमावास्याको स्नानको तयारी भइरहेका बेला अचानक भएको भागदौडमा परेर ३० भन्दा बढीको मृत्यु भएको र ६० भन्द्या बढी श्रद्धालु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

Related posts

फेसबुकमा भाइरल नेशनल मेडिकल कलेजको भिडियो प्रकरण के हो ? … (भिडियोसहित)

MadhesKhabar

पर्सा १ मा द्विवेदीकाे इन्ट्रीले राेचक भिडन्त

MadhesKhabar

६० किलो सुन तस्करी प्रकरणमा बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार पक्राउ

MadhesKhabar

Leave a Comment