Madhes Khabar
स्थानिय हेडलाइन

फेसबुकमा भाइरल नेशनल मेडिकल कलेजको भिडियो प्रकरण के हो ? … (भिडियोसहित)

वीरगन्ज,११जेठः केहि अनलाइन पोर्टलको फेसबुक पेजमा समेत पोष्ट गरिएको उक्त भिडियोको सत्यता बुझ्ने क्रममा मेडिकल कलेज प्रशासनसंग हामीले सम्पर्क गर्यौ । त्यसक्रममा मेडिकल कलेजका प्रशासन प्रमुख गौसुल आलमका अनुसार, शनिबार राति ११.४५ बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाका अन्दाजी ७० वर्षीय चन्देश्वर प्रसाद सिंहलाई अचेत अवस्थामा उनका आफन्तजनले मेडिकल कलेजमा उपचारका लागि ल्याएका थिए ।

सुरुमा आकस्मिक कक्ष (इमरजजेन्सी) मा भर्ना गरिएका उनको उपचारमा डा. सबना थापा, डा. अतुलेश चौहान र डा. आतिष साह खटिए ।बिरामीको इसिजी,पिपिआर लगायतका जाँच गरे । जाँचका क्रममा बिरामीको मुटुको धड्कन चलेको देखियो ।

त्यसपछि उपचारमा संलग्न डाक्टरहरुले बिरामीलाई आइसियुमा राखेर थप उपचार गर्नुपर्ने देखिएकाले आइसियुमा लगेर भर्ना गर्नुपर्ने भन्दै बिरामीसंगै रहेका आफन्तजनहरुलाई जानकारी गराए । अनि आइसियुमा लग्न राति १२.१० बजेदेखि बिरामीलाई स्ट्रेचरमा राखेर इमरजेन्सी वार्डबाट निकाल्ने क्रममा बाटोमै आफन्तजनले रोकेर विवाद गर्न थाले । मरिसकेको मान्छेलाई डाक्टरले आइसियुमा भर्ना गर्न थालेको भन्दै उनिहरुले विवाद र हल्ला गर्न थालेपछि थप उपचार नपाएर बिरामीको राति १२.२२ बजे स्ट्रेचरमै मृत्यु हुन पुगेको प्रशासन प्रमुख आलमले बताए । बिरामीको मृत्यु भएलगत्तै आफन्तजनले राति नै सव घर लिएर गएको आलमको भनाई छ ।

आलमले भने,‘विवादीत भिडियो सामाजिक सञ्जालमा आएपछि हामीले बिहानै अस्पतालमा रहेको सिसिटिभी फुटेजहरु हेर्यौ । अस्पताल प्रशासनका तर्फबाट कुनै लापरवाही भएको छैन । थप उपचारका लागि आइसियुमा समयमै लग्न नपाएका कारण बिरामीको मृत्यु हुन पुग्यो ।’

सिसिटिभीको सबै भिडियो कलेज प्रशासनसंग सुरक्षित रहेको भन्दै आलमले भने,‘ यदि कसैलाई केहि शंका छ भने हामी कहाँ आएर सत्यतथ्य बुझे हुन्छ । हामी सबै फुटेज देखाउन तयार छौं ।’

उक्त भिडियो बारे मृतक सिंहका आफन्तजनसंगपनि सम्पर्क गर्ने प्रयास गरिएपनि उनिहरुसंग अहिलेसम्म कुनै सम्पर्क हुन सकेन । यद्यपि उनिहरुसंगपनि सम्पर्क गरेर सत्यतथ्य के हो ? यस बारे बुझ्ने प्रयास जारी छ ।

 

Related posts

भूमि आयोगद्धारा भुमीहिनका लागि पर्सागढीबाट नाप नक्सा कार्यको शुरुवात

MadhesKhabar

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा मनोज पटेल चयन

MadhesKhabar

चीनमा भारतीयको विश्वकीर्तिमान ध्वस्त गर्दा भारतीय मिडियामा नेपाली क्रिकेटरको व्यापक चर्चा

MadhesKhabar

Leave a Comment