Madhes Khabar
समाचार

तपस्वी भनिएका बम्जनलाई साधरण तारेखमा रिहा गर्न अदालतकाे आदेश

फाइल तस्बिर ।

नुवाकोट,८साउन : महिला बेपत्ता बनाएको मुद्दामा १५ वर्ष कैद सजायको माग गरिएका ‘ तपस्वी’ भनिएका रामबहादुर बम्जनलाई नुवाकोट अदालतले साधारण तारेखमा रिहा गरेको छ। उनलाई छुट्टै मुद्दा दायरका लागि सिन्धुपाल्चोक लगिएको छ।

व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा आरोपित ‘तपस्वी’ भनिएका रामबहादुर बम्जनलाई नुवाकोट प्रहरीले १५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो।

प्रहरीले नुवाकोट जिल्ला अदालतमा बम्जनलाई १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरिएको थियो। अदालतमा उक्त मुद्दाका सम्बन्धमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले बम्जनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

त्यही मुद्दाका सम्बन्धमा अनुसन्धान गर्न बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखिएको थियो। बम्जनको पटक/पटक सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिइएको थियो।

२०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका–३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि प्रहरीले बम्जनमाथि मुद्दा दायर गरेको थियो। तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतलले बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

नुवाकोटको म्यागङकी महिला बेपत्ता बनाएको छुट्टै उजुरीमाथि छानबिन र बयानका लागि बम्जनलाई प्रहरीको विशेष टोलीले तीन साता अगाडि महोत्तरी हुँदै नुवाकोट ल्याएको थियो। आरोपित बम्जनलाई कडा सुरक्षाको साथ सिन्धुपाल्चोक पठाइएको छ। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

रौतहटमा जिउँदैलाई मरेको बनाएर विधवा भत्ता दिने वडाध्यक्षलाई कारबाहीको माग गर्दै उजुरी

MadhesKhabar

कलैयाको यातायात कार्यालयले ४ महिना मै उठायो २ करोड २० लाख राजश्व

MadhesKhabar

जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व छ : वनमन्त्री यादव

MadhesKhabar

Leave a Comment