
मधेसखबर
वीरगन्ज, २१ बैशाख : वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले वीरगन्ज महानगरको शहरी क्षेत्र भित्रै रहेका वडाहरुमा पनि विकास नभएको देख्दा दुःख लागेको बताएका छन् ।
बुधबार बिहान वीरगन्ज २४ रामगढवामा चुनावी घरदैलो र भेटघाटका क्रममा जसपाका मेयर उम्मेदवार सिंहले महानगरको शहरी क्षेत्रका वडाहरु समेत विकासमा पछाडि परेको बताएका हुन् ।
चुनावी घरदैलोका क्रममा मतदाताहरुको पिडा र समस्याहरु सुनेपछि सिंहले भने ,‘ रामगढवा महानगरको शहरी क्षेत्रसँग सबैभन्दा नजिकको टोल हो, यो टोल नजिकै आइसीपी र सुक्खा बन्दरगाह जस्ता महत्वपूर्ण भौतिक संरचनाहरु छन् ,तर पनि यस टोलको विकास अपेक्षित रुपम हुन सकेको छैन
उनले रामगढवा टोलको विकासका सवालमा महानगरपालिका उदासिन रहेको भन्दै उनले शहरी विकास डिभिजन कार्यालयले सडक नबनाएको भए रामगढवामा सडक पूर्वाधारसमेत बन्न नसक्ने बताए ।
उनले महानगरको नेतृत्वमा जसपाको नेतृत्व पुगेको खण्डमा वडा नम्बर २४ ले विकास र समृद्धिका लागि धेरै समय कुर्नै नपर्ने प्रतिबद्धता पनि मतदाताहरु समक्ष गरे ।

