
प्रमोद यादव
वीरगन्ज,०८जेठः पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वाबाट प्रहरीले हतियार सहित एकजनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडेर्वाकै मनोज माझी मुसहर रहेका छन् । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय एकटाङगाबाट खटिएको प्रहरी टोलीले पर्सागढी ९ बडेर्वाबाट बन्दुक सहित मुसहरलाइ पक्राउ गरेकोे हो ।
बन्दुक सहित पक्राउ परेका मुसहरलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओेम प्रकाश खनालले जानकारी दिए ।

