बारा,२५ साउन:खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार बाराकाे परवानीपुर र प्रसौनी गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई– मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए । उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताए ।
मन्त्री यादवले हाल जडान गरिएका र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिङको पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने र केही हद सम्म समस्या समाधान हुने विश्वास आफूले लिएको बताए।

