Madhes Khabar
समाचार हेडलाइन

मानव बेचबिखनको जालाे ताेड्न सफल पर्साका एसपी मिश्र सम्मानित

वीरगन्ज,२०भदाै:पर्सामा मानव बेचबिखनकाे जालाे ताेड्न सफल प्रहरी उपरीक्षक(एसपी) गाैतम मिश्र सम्मानित भएका छन् ।मानव बेचबिखनविरुद्धकाे १९ ओैं राष्ट्रिय दिवसका अवसरमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौंमा शुक्रबार आयाेजित समाराेहमा पर्साका एसपी मिश्र सम्मानित भएका हुन्।

उक्त समाराेहमा उप्रधानमन्त्री प्रकाशमान सिंह र महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशाेर साहले एसपी मिश्रलाई सम्मान पत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।

पर्सा प्रहरी प्रमुखका रुपमा कार्यभार सम्हालेयता जिल्ला प्रहरी कार्यालय पर्सामा मानव बेचबिखन विरुद्धकाे कसुरका १५ वटा मुद्दा दर्ता,उक्त कसुरका १७ जना व्याक्ति पक्राउ,३ सय बढी महिला र बालबालिकाकाे उद्दार गरिएको छ ।यस्तै मानव बेचबिखन विरुद्धकाे अभियानमा ३५० बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

मन्त्रालयकाे छनाैट समितिले वर्षभरिमा गरिएको गतिविधिमा जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट भई प्रथम स्थान प्राप्त गर्न सफल भएको हाे।

Related posts

जग्गाकाे कित्ताकाट खुलाउन मालपाेतसंग वीरगन्जका मेयर सिंहकाे आग्रह

MadhesKhabar

वीरगन्जमा अनुमति बेगर सञ्चालित कलेजहरुको बिगबिगी, ८ वटामा महानगरले गर्यो सिलबन्दी

MadhesKhabar

वीरगन्जमा भारतीय ईलेक्ट्रिक स्कुटरको प्रयोगमा कडाई, एकैदिन २२ वटा ईलेक्ट्रिक स्कुटर जफत

MadhesKhabar

Leave a Comment