Madhes Khabar
समाचार हेडलाइन

मानव बेचबिखनको जालाे ताेड्न सफल पर्साका एसपी मिश्र सम्मानित

वीरगन्ज,२०भदाै:पर्सामा मानव बेचबिखनकाे जालाे ताेड्न सफल प्रहरी उपरीक्षक(एसपी) गाैतम मिश्र सम्मानित भएका छन् ।मानव बेचबिखनविरुद्धकाे १९ ओैं राष्ट्रिय दिवसका अवसरमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौंमा शुक्रबार आयाेजित समाराेहमा पर्साका एसपी मिश्र सम्मानित भएका हुन्।

उक्त समाराेहमा उप्रधानमन्त्री प्रकाशमान सिंह र महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशाेर साहले एसपी मिश्रलाई सम्मान पत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।

पर्सा प्रहरी प्रमुखका रुपमा कार्यभार सम्हालेयता जिल्ला प्रहरी कार्यालय पर्सामा मानव बेचबिखन विरुद्धकाे कसुरका १५ वटा मुद्दा दर्ता,उक्त कसुरका १७ जना व्याक्ति पक्राउ,३ सय बढी महिला र बालबालिकाकाे उद्दार गरिएको छ ।यस्तै मानव बेचबिखन विरुद्धकाे अभियानमा ३५० बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

मन्त्रालयकाे छनाैट समितिले वर्षभरिमा गरिएको गतिविधिमा जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट भई प्रथम स्थान प्राप्त गर्न सफल भएको हाे।

Related posts

प्रदीप यादवको जनलहर बढ्दै , माओवादी छाडेर दुइ दर्जन युवाहरु जसपा प्रवेश

MadhesKhabar

पर्साको गादीका पशुपालक किसानहरुलाई प्रोत्साहित गर्न विजुलीले चल्ने लेदी काट्ने मेसिन वितरण

MadhesKhabar

पर्साको भतौडास्थित एक घरमा प्रहरीको छापा, गाँजासहित घरधनीका छोरा पक्राउ

MadhesKhabar

Leave a Comment