Madhes Khabar
समाचार

जेनजी आन्दोलनमा नख्खु जेलबाट भागेका कैदी ५ महिनापछि वीरगन्जमा पक्राउ

वीरगन्ज,१६माघ:जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट भागेको एक कैदी वीरगन्जमा पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका वडा नं.१६ नगवा टोल बस्ने २३ वर्षीय प्रविन चौरसिया पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हाे।

गोप्य सूचनाको आधारमा वीरगन्ज–१५ रामनगर चोकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रविनविरूद्ध ठगी मुद्दामा ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ गरिएका प्रविनलाई वीरगन्ज कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

MadhesKhabar

बाराको सुर्वण गाँउपालिकाका अध्यक्ष यादवले माफी माग्नुपर्छ : पत्रकार महासंघ

MadhesKhabar

मकवानपुरमा रात्रि बस दुर्घटना, २ को मृत्यु

MadhesKhabar

Leave a Comment