Madhes Khabar
समाचार

मकवानपुरमा रात्रि बस दुर्घटना, २ को मृत्यु


मधेसखबर
आश्विन १७, २०७९ ,वीरगञ्ज: मकवानपुरको हेटौंडा–१५, चुरियामाई मन्दिर नजिक सोमबार राति भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडक खण्डमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जना गम्भीर र ३० जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भई राति करिब १ बजे नालीमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ की अन्दाजी ५१ वर्षीया कल्पना राजवंशी रहेका प्रवक्ता कार्कीले जानकारी दिए ।

घाइते भएका ३६ जनामध्ये ३० जना सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको र थप उपचारका लागि २ जनालाई काठमाडौं, ३ जनालाई भरतपुर रिफर गरिएको र १ जनाको हेटौंडामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।साभार : कान्तिपुर

Related posts

वीरगन्जमा ठूलाे परिमाणमा चरेस बरामद,तस्कर फरार

MadhesKhabar

पर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीद्वारा १७ लाखको सामान बरामद

MadhesKhabar

घर–घरमा स्वच्छ खानेपानी पु-याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव

MadhesKhabar

Leave a Comment