Madhes Khabar
समाचार

बाराको सुर्वण गाँउपालिकाका अध्यक्ष यादवले माफी माग्नुपर्छ : पत्रकार महासंघ

बारा,७ साउन : बाराको सुर्वण गाँउपालिकाका अध्यक्ष राजेश यादवले समाचार सम्प्रेषण गरेकै कारण सञ्चारकर्मी र सञ्चारक्षेत्रलाई बदनाम गर्ने गरी सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ बारा र मधेस प्रदेशले आपत्ति जनाएका छन् ।

बाराको कलैयामा मंगलबार गाँउपालिका अध्यक्ष यादवले आँफु सवार स्कारपियोमा मोटरसाइकल ठोक्किएर पञ्चर भएको निहुँमा उक्त मोटरसाइकलका चालकलाई गाली गलौज गर्दै दुव्र्यवहार गरेको घटनाबारेको समाचार सम्प्रेषण भएपछि अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई र सञ्चार क्षेत्रलाई बदनाम गराउने गरि दिएको अभिव्यक्तिप्रति पत्रकार महासंघले आपत्ति जनाएको हो ।

समाचारको विषयमा चित्त नबुझएको भएमा कानूनी उपचार खोज्ने निकायहरु रहदाँपनि गाँउपालिका अध्यक्ष यादवले समाचार सम्प्रेषण गरेका सञ्चारकर्मीमाथि अनेक अरोप लगाउँदै पत्रकार र पत्रकारीता क्षेत्रलाई बदनाम गराउने नियतले अभिव्यक्ति दिएको प्रति गम्भीर ध्यानाकर्षण भएकोपनि पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी र मधेस प्रदेश महासचिव शैलेन्द्र महतोले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तसर्थ अध्यक्ष यादवले उक्त अभिव्यक्रि फिर्ता लिई माफी नमागेको खण्डमा पत्रकार महासंघले सशक्त कमद चाल्ने चेतावनीपनि सुबेदी र महतोले दिएका छन् ।

 

Related posts

दिदीको अश्लील भिडियो खिचेर बहिनीलाई पठाउने युवक पक्राउ

MadhesKhabar

पर्सामा वन्यजन्तु तस्करी प्रकरण : दुई प्रदेश सांसद सहित ४९ विरुद्ध मुद्दा दायर

MadhesKhabar

सिरिसिया गाँउमा सञ्चालित अवैध हतियार फैक्ट्रीमा छापा,भारी मात्रामा पेस्तोल–गोली बरामद

MadhesKhabar

Leave a Comment