Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा आइपिएलकाे सट्टाबाजी खेलाउने गिराेह पक्राउ

वीरगन्ज  ,११जेष्ठ :भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने गिराेहमा संलग्नहरुलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।

आइपिएलमा बुधबार राति भएकाे मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सबिचकाे खेलमा सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यकाे गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेकाे हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सञ्जय श्रीवास्तवको घरमा बुधबारराति आइपिएल प्रतियोगिताको अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा उनिहरुलाई पक्राउ गरेकाे हाे।

श्रीवास्तवकाे घरमा आइपिएलकाे सट्टाबाजी चलिरहेकाे गाेप्य सुचना प्रहरीलाई प्राप्त भएकाे थियाे । त्यहि सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीको टोलीले श्रीवास्तवको तीन तल्ले घरमा पुगेर खानतलासी गरेकाे थियाे । त्यसक्रममा यादवद्वय, साह र जयसवाललाई अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा रङ्गे हात पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक गिरिले बताए ।

प्रहरीले उनीहरुको साथबाट नगद ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ पनि बरामद गरेको छ ।यस्तै अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनिको मोबाईल, ल्यापटप र टेलीभिजन सेट पनि जफत गरिएकाे गिरिले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरिले बताए ।

Related posts

पर्सामा माघ ९ र १० गते बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने

MadhesKhabar

पर्सा ४ : काँग्रेसका रिजालको अग्रता फराकिलो बन्दै

MadhesKhabar

विदेशबाट फर्केका युवाहरुका लागि तालिम संचालन

MadhesKhabar

Leave a Comment