Madhes Khabar
मनोरञ्जन हेडलाइन

वीरगन्जमा पहिलाे पटक भाेजपुरी सिने अवार्ड वितरण समाराेह आयाेजना हुदैं

वीरगन्ज,११पुष:वीरगन्जमा पहिलो पटक भोजपुरी सिने अवार्ड वितरण समाराेह आयाेजना हुने भएको छ।
वीरगन्जको नगरसभा गृहमा यहि पुष १३ गते भाृजपुरी सिने अवार्ड वितरण समारोह आयाेजना गर्न लागिएको हाे।लायन्स क्लब वीरगन्जको स्वर्ण जयन्तीका अवसरमा नमस्ते इन्टरटेन्मेन्ट नेपालसँगको सहकार्यमा पहिलो पटक भोजपुरी सिने अवार्ड वितरण समाराेह आयाेजना गर्न लागिएको लायन्स क्लब अफ वीरगन्ज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैद्यले बुधबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराए।
सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको लायन्स क्लब अफ वीरगन्जले नेपालकाे चलचित्र  क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि भाेजपुरी सिने अवार्ड वितरण समाराेहको आयोजना गर्न लागेकाे संयोजक वैद्यले बताए ।
नेपाल चलचित्र बाेर्डमा दर्ता भएका चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई लक्षित गरी अवार्ड  प्रदान गरिने नमस्ते नेपाल इन्टरटेन्मेणन्टका प्रमुख एंव भोजपुरी चलचित्रका नायक प्रदेशी साहले बताए ।भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगन्जमा भाेजपुरी चलचित्र र त्यसमा अभिनय गर्ने कलाकारहरुकाे पहिचानको लागिपनि सिने अवार्डको आयोजना गर्न लागिएको उनले बताए ।
उक्त समाराेहमा चलचित्र विकास बाेर्डका अध्यक्ष तथा नायक भुवन केसी,वरिष्ठ अभिनेतख नीर शाह लगायतका कलिउडका कलाकारहरुको सहभागीता रहने साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।नेपालमा रहेका भोजपुरी कलाकारहरुलाई सम्मान गरी वीरगन्जको पहिचान स्थापित गर्ने पहिलो प्रयास रहेको नायक साहले बताए ।
वीरगन्जमै धेरै भोजपुरी कलाकारहरुले योगदान गरेपनि उनीहरुले समाजमा अहिलेसम्म सम्मान पाउन नसकेको र भारतीय बजारमा नेपाली भन्ने र नेपाली बजारमा भोजपुरी भाषी कलाकारहरुको योगदानको खासै कदर नगरिएपछि लायन्स क्लब अफ वीरगन्जको पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको साहले बताए ।
उक्त कार्यक्रममा करिब २७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको लायन्स क्लब अफ वीरगन्जका पूर्व अध्यक्ष छेडुप लामाले बताए ।

Related posts

अयोध्याको राम मन्दिरका मुख्य आचार्यले भने : वीरगन्जका मेयरको चर्चा अयोध्यासम्म पनि पुगेको छ

MadhesKhabar

४१ वर्षकाे उमेरमा तेश्राे पटक मन्त्री बनेकी ज्वाला साहलाई कृषि मन्त्रालयकाे जिम्मेवारी

MadhesKhabar

मधेस प्रदेशमा ५०-५० प्रतिशत सिट पाउनुपर्ने काङ्ग्रेस र जसपाको दाबी

MadhesKhabar

Leave a Comment