Madhes Khabar
समाचार

चेक बाउन्सिङ कसूर मुद्दामा फरार युवक पर्साको लंगडीबाट पक्राउ

वीरगन्ज,१९चैतःपर्सा प्रहरीले चेक बाउन्सिङ मुद्दामा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ हरिहरपुरका ३० बर्षिय सुजित राउत कुर्मी रहेका छन् ।

बैंकिङ कसुर मु्द्धाका फरार कुर्मीलाई गत शनिबार धोबिनी गाँउपालिका वडा नम्बर ३ मै पर्ने लंगडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।उनका अनुसार, चेक बाउन्सिङ प्रकरणमा पर्सा जिल्ला अदालतबाट तीन दिनको कैद सजाय र नगद २५ लाख रुपैयाँ जरिवानको फैसला गरिएका कुर्मी फरार रहदै आएका थिए ।

अदालतको फैसलापछि फरार रही लुकिछिपी बस्दै आएका कुर्मीलाई गत शनिबार त्रफाउ गरि शनिबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थापाले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारीपनि उनले दिए ।

 

Related posts

वीरगन्ज भन्सार अगाडिबाटै तस्करीको १५ लाख बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

खानेपानी तथा सरसफाइको क्षेत्रमा अधिकतम लगानी गर्न विशेदी दातृ निकायसंग मन्त्री यादवको आग्रह

MadhesKhabar

हमासले अपहरण गरेका विपिनको रिहाईका लागि पहल गरिदिन विश्व हिन्दु परिषद वीरगन्जको माग

MadhesKhabar

Leave a Comment