Madhes Khabar
समाचार

चेक बाउन्सिङ कसूर मुद्दामा फरार युवक पर्साको लंगडीबाट पक्राउ

वीरगन्ज,१९चैतःपर्सा प्रहरीले चेक बाउन्सिङ मुद्दामा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ हरिहरपुरका ३० बर्षिय सुजित राउत कुर्मी रहेका छन् ।

बैंकिङ कसुर मु्द्धाका फरार कुर्मीलाई गत शनिबार धोबिनी गाँउपालिका वडा नम्बर ३ मै पर्ने लंगडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।उनका अनुसार, चेक बाउन्सिङ प्रकरणमा पर्सा जिल्ला अदालतबाट तीन दिनको कैद सजाय र नगद २५ लाख रुपैयाँ जरिवानको फैसला गरिएका कुर्मी फरार रहदै आएका थिए ।

अदालतको फैसलापछि फरार रही लुकिछिपी बस्दै आएका कुर्मीलाई गत शनिबार त्रफाउ गरि शनिबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थापाले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारीपनि उनले दिए ।

 

Related posts

हिमाल आरोहणका लागि ९ सय ४५ जनालाई अनुमति

MadhesKhabar

वीरगन्जका दुइ वडामा काँग्रेसले हारको बदला लियो , ७ र २७ मा महर्जन र कुर्मी विजयी

MadhesKhabar

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपा पर्साले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

MadhesKhabar

Leave a Comment