Madhes Khabar
स्थानिय हेडलाइन

लामखुट्टे मार्न वीरगन्ज महानगरमा आजदेखि विषादी छर्कने काम सुरु

वीरगन्ज,१कात्तिक : वीरगन्ज महानगर क्षेत्रमा आज (बिहीबार) देखि लामखुट्टे मार्नका लागि विषादी छर्कने काम सुरु भएको छ । केहि साता यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजदेखि विषादी छर्कन सुरु गरेको हो ।

पहिलो दिन आज वीरगन्ज महानगरपालिका वडा नम्बर १ , २ , ३ र ४ गरी चार वटा वडामा लामखुट्टे र त्यसको लार्भा मार्नका लागि विषादी छर्कने काम भइरहेको महानगरपालिकाको सरसफाई महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।

हरेक वडामा बिहान र बेलुकी गरी दुई समयमा विषादी छर्किने उनले बताए । बिहानको समयमा नालामा रहेका लामखुट्टेको लार्भा मार्न पम्प स्प्रे गरिने र बेलुकीकोे समयमा फगिङ मेसिनबाट एयर स्प्रे गरिने उनले बताए ।

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि मेयर राजेशमान सिंहको निर्देशनमा आजदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिएको मियाँले बताए ।जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान र बेलुका पम्प स्प्रे र एयर स्प्रे गर्ने उनले बताए ।

यो काम ३२ वटै वडामा कार्तिक २८ गतेसम्म चल्ने मियाँले जानकारी दिए ।चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छकर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

नारायणी रंगशालालाई राष्ट्रिय गाैरवकाे आयाेजनामा पार्न वीरगन्जका कांग्रेसी नेताहरुकाे माग

MadhesKhabar

पानी वितरणका लागि मुख्यमन्त्री सिंहले ८ वटा वारुणयन्त्रसहितकाे टाेली वीरगन्जमा पठाए

MadhesKhabar

Leave a Comment