Madhes Khabar
समाचार

नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिएर अगाडि बढेका छौं : मन्त्री यादव

काठमाडौं,५ बैशाख : खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीता सुनिश्चित गरिने बताए ।

उनले भने, “खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढ्नेछौँ ।”

मन्त्री यादवले खानेपानी बोर्डले अघि सारेका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य तथा वातावरणीय दिगोपनामा अतुलनीय योगदान दिएको उल्लेख गरे । “खानेपानी क्षेत्रको समग्र सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयलाई मेरो व्यक्तिगत प्रतिबद्धता रहनेछ,” उनले भने ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० वर्षे यात्रालाई स्मरण गर्दै उनले यस संस्थाले दूरदर्शी सोच र दृढ सङ्कल्पका साथ स्थापना भएर परिपक्वताको चरणमा प्रवेश गरिसकेको बताए । मन्त्री यादवले खानेपानी केवल सेवा नभई नागरिकको आधारभूत हक भएकोले यसलाई दीर्घकालीन दृष्टिकोणबाट समन्वयात्मक नीति, योजना र कार्यान्वयनमार्फत अघि बढाउनु आवश्यक रहेकोमा जोड दिए ।

 

Related posts

एमालेको आरोप – जसपाको चुनावी सभामा बालबालिकाको प्रयोग

MadhesKhabar

प्रधानमन्त्रीको निर्देशन पालना गरी प्रतिफल देखिने गरी काम गर्नुपर्छ : मन्त्री यादव

MadhesKhabar

चर्को विरोध भएपछि विमान कम्पनीहरूले बुधबारसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने

MadhesKhabar

Leave a Comment