Madhes Khabar
समाचार

बारामा टिपर र पिकअप ठोक्किदा एक जनाको मृत्यु ,चार जना घाइते

मधेसखबर
वीरगन्ज,०७असार : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बारामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ काटघाट जाने बाटो नजिकै सोमबार बेलुकी प्रदेश २–०३–००१ क १९७१ नम्बरको टिपर र प्रदेश २–०३–००१ च ४३२० नम्बरको पिकअप गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पिकअप गाडीमा सवार महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय सन्जिव मण्डलको वीरगन्ज स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मङगलबार बिहान मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा परि घाइते हुनेहरुमा टिपरमै सवार वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ विश्रामपुरका २९ वर्षीय शेख महम्मद कासिम, वीरगन्ज २९ का १८ वर्षीय रामजी मण्डल , पिकअपमा सवार महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ का १८ वर्षीय जितेन्द्र पासवान र औरही गाउँपालिकाका ३० वर्षीय लालश्री साह रहेका छन् । उनीहरुको उपचार विभिन्न अस्पतालमा भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

Related posts

पर्सामा कूल उम्मेदवार ३३३७ , वीरगन्जको मेयरमा ३० जना

MadhesKhabar

वीरगन्जमा ठूलाे परिमाणमा चरेससहित ३ जना पक्राउ

MadhesKhabar

खानेपानीको समस्या समाधानका लागि सरकारले उल्लेखनीय काम गरिरहेको छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment