Madhes Khabar
समाचार

खानेपानीको समस्या समाधानका लागि सरकारले उल्लेखनीय काम गरिरहेको छ : मन्त्री यादव

पाल्पा,१० साउन : खानेपानीमन्त्री प्रदीप यादवले भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि पाल्पाको तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शीता अत्यन्तै अनुकरणीय रहेको बताएका छन् ।

शनिबार पाल्पाको तानसेन स्थित तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ साधारणसभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री यादवले खानेपानीको क्षेत्रमा तान्सेनका जनताको भूमीका अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले भने,“तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय छ । भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुदपनि सरकार खानेपानीका समस्या समाधानका लागि पूर्ण प्रतिबद्ध छ ।”

तानसेन–कालीगण्डकी बृहत पम्पिङ् खानेपानी आयोजना सफलतापूर्वक कार्यान्वयन भएकाले जनताको घरदैलोमा शुद्ध, सुरक्षित र पर्याप्त खानेपानी पु¥याउँदै सरकारको “सबै नागरिकका लागि स्वच्छ पानी” भन्ने संकल्पलाई व्यवहारमा उतारेको प्रति मन्त्री यादवले खुशी व्यक्त गरे ।

खानेपानी मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ मा यस क्षेत्रका योजना कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको र उक्त वजेटले यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिने सरकारको लक्ष्यलाई अझ सार्थक बनाउने उनले बताए ।स्थानीय तहको सक्रियतासँग सहकार्य गर्दै खानेपानी मन्त्रालयले हालसम्म ३१० भन्दाबढी स्थानीय तहहरूमा वास योजना तयार गरिसकेकाले खानेपानी, सरसफाइ र स्वच्छताको सेवा प्रवाहमा महत्वपूर्ण टेवा पु¥याएको जिकिर उनले गरे ।

मन्त्री यादवले स्थानीय उपभोक्ता समितिहरूलाई पनि खानेपानीको दिगो व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न आग्रह गरे । उनले पानीका मुहान संरक्षण, पाइपलाइन विस्तार र स्रोतहरूको समुचित उपयोगमा स्थानीय सहभागिताको आवश्यकता औँल्याए ।

उपभोक्ताको बोझ घटाउन खानेपानी मन्त्रालयले सहलगानी योजनामा जनसहभागिता ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेकाले अब यसलाई पूर्ण रूपमा हटाएर शुन्य प्रतिशत बनाउनेतर्फ सक्रिय रूपमा लागि परेको मन्त्री यादवले दाबी गरे ।सबैको साझा प्रयास र समन्वयबाट मात्र “पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार” भन्ने नारालाई व्यवहारमा रूपान्तरण गर्न कटिबद्ध रहन समेत मन्त्री यादवले सबैमा आग्रह गरे ।

मन्त्री यादवले सरकारले तराई–मधेसदेखि विकट पहाडी तथा हिमाली क्षेत्रसम्मका खानेपानी समस्या समाधानका लागि उल्लेखनीय प्रयासहरू गरिरहेको जानकारी दिए। उनले भने,“तराई–मधेस सहित देशका विकट भू–भागमा समेत खानेपानीको सहज पहुँचका लागि सरकारले महत्वपूर्ण योजनाहरू अघि सारेको छ । पानीको समस्या समाधानलाई सरकारले पहिलो प्राथमिकता मानेर योजना अघि बढाइरहेको छ ।”

 

Related posts

सिमरामा जेनजी युवामाथि आक्रमण गरेकाे आराेपमा अरबिन्द साह पनि पक्राउ

MadhesKhabar

पर्सा,बारासहित मधेसका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

MadhesKhabar

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान जारी,थरघट्टीमा ३ हजार २ सय बोट फडानी गरेर नष्ट

MadhesKhabar

Leave a Comment