
मधेसखबर
वीरगन्ज,१६जेठः यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।
यातायात व्यवस्था विभागले सोमबार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागिएको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिइएका सबै अनलाइन आवेदन रद्द गरिएको जनाएको हो ।
अब नयाँ लाइसेन्सका लागि सोमबार साँझ बजेदेखि आवेदन खुला हुनेछ । वर्ग थपका लागि भने अर्को हप्ताको सोमबार देखि आवेदन खुला हुने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार अब applydl.dotm.gov.np मा लग इन गरी नयाँ आवेदन भर्नुपर्ने हुन्छ ।


