Madhes Khabar
समाचार

वीरगन्जकाे बाइपास सडककाे डिभाइडरमा राेपियाे विरुवा

वीरगन्ज,१असाेज:वीरगन्जको नगवा चाेकदेखि रजत जयन्ती चाेकसम्मकाे सडककाे डिभाइडरमा वृक्षारोपण गरिएको छ।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र भारतीय महावाणिज्य दूतावासकाे संयुक्त आयोजनामा बाइपास सडककाे डिभाइडरमा विभिन्न प्रजातिका ४० वटा बिरुवा राेपिएकाे हाे।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानकाे अध्यक्षता तथा भारतीय महावाणिज्यदूत वीरगन्जका महावाणिज्यदूत देवीसहाय मिनाको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई,केन्द्रका उपाध्यक्ष संजय शर्मा ग्रिन,सदस्यहरु रतन टेमानी,सुशील कादामीया,चन्द्र अग्रवाल,त्रिलोक चन्द दारुका,राकेश अग्रवाल,कैलाश बजाज लगायतको सहभागीता थियाे।

Related posts

पिठ्युँमा खानेपानी बोकेर खानुपर्ने नागरिकको बाध्यताको अन्त्य गर्छौँ : मन्त्री यादव

MadhesKhabar

मौन अवधीमा हुन सक्ने चलखेल रोक्न संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय-प्रजिअ दाहाल

MadhesKhabar

जसपालाइ फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: मुख्यमन्त्री राउत

MadhesKhabar

Leave a Comment