Madhes Khabar
समाचार

दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव

हेटौंडा,१३जेठ : खानेपानी मन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानीका आयोजनाहरूलाई आगामी दिनहरूमा पनि अझ सशक्त रूपमा अगाडि बढाइने बताएका छन्।

मंगलबार मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१६ को वृहत् शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रुपमा अगाडि बढाउने बताएका हुन्।

उनले भने, ‘सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत रहेको छ। दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई सशक्त रूपमा अगाडि बढाउने छौं।’

मन्त्री यादवले मंगलबार उद्घाटन गरिएको वृहत् शक्ति खानेपानी आयोजनाबाट नागरिकले शक्ति खोलाको सुरक्षित, स्वच्छ एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउनेमा आफूले पूर्ण विश्वास लिएको बताए।

उनले भने, ‘शक्ति खोला मुहानबाट पानी पम्पिङ् प्रणाली मार्फत उक्त क्षेत्रको उच्च भागमा भण्डारण गरी वितरण गरिने छ । यसको जलस्रोत वर्षा र वरपरका साना छहरा तथा भूगर्भीय स्रोतबाट प्राप्त हुने तथा खोला आसपासका क्षेत्रहरू कृषि तथा बस्तीका लागि उपयुक्त रहने छन्।’

वृहत् शक्ति खानेपानी आयोजना सम्पन्न भएपश्चात यहाँका आठ हजार ७१९ जना लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडा प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए। उनका अनुसार यस आयोजना हेटौंडा उपमहानगरपालिका–१६ का नागरिकलाई नियमित र भरपर्दो खानेपानी उपलब्ध गराउने महत्वपूर्ण माध्यम भएको र जसले जनस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा लिइएको छ। उक्त आयोजना कुल (भ्याट, समेत) ६ करोड ६७ लाख ६७ हजार ६३ रुपैयाँमा निर्माण सम्पन्न भएको थियो।

Related posts

वीरगन्जका अग्रज पत्रकार ध्रुब अधिकारी रेडियो नेपालकाे दीर्घ सेवा पदकबाट विभूषित

MadhesKhabar

भारतको विदेश मन्त्रालयले भन्यो : प्रिसा साह मृत्युप्रति दुखि छौं, घटनाबारे अनुसन्धान भइरहेकाे छ

MadhesKhabar

पाँच वर्षमा सबै भन्दा बढि भ्रष्टचार पालिकामा कर्मचारीले गरेका छन् – सांसद लक्षणलाल कर्ण

MadhesKhabar

Leave a Comment